arrow

गौहत्याविरुद्ध प्रदर्शन गर्न झापाबाट धरान हिँडेको समूहलाई बिर्तामोडमै रोकियो

logo
युवराज रेग्मी,  
प्रकाशित २०८० भदौ ९ शनिबार
gauhatya-birodh-2080-05-09.jpg

झापा । सुनसरीको धरानमा केही दिनअघि गौहत्या गरी भोज खाएको भिडियो सामाजिक संजालमा राखेपछि उक्त कार्यको व्यापक रुपमा निरन्तर विरोध हुँदै आएको छ ।

विरोधको क्रममै विभिन्न हिन्दूवादी समूहले आह्वान गरी आज धरानमा गर्ने भनिएको गौहत्या विरोध र्यालीमा समावेश हुन झापाको अर्जुनधाराबाट धरानका लागि हिडेको ॐकार समूहलाई सुरक्षाकर्मीले पूर्व पश्चिम सडकखण्ड अन्तर्गत बिर्तामोडको चारपानेमा रोकेको हो । 

उक्त स्थानमा  दुईवटा बसलाई झापा प्रहरीले रोकेको ॐकार समूहले जनाएको छ । प्रहरीले गाडी रोकेपछि उनीहरूले सडकमै प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । साथै उनीहरुले सडकमै धर्ना दिएर सडक अवरुद्ध पारिरहेका छ्न् । 

साम्प्रदायिक हिंसा भड्किने  संभावना देखिएपछि सुनसरी जिल्ला प्रशासनले धरानमा जारी गरेको निषेधाज्ञाका कारण आज शनिवार बिहानैदेखि बजार क्षेत्र सुनसान रहेको जनाइएको छ  ।

गएराति १२ बजेदेखि लागु भएको निषेधाज्ञा अवधि आज राति १२ बजे सकिने छ । 

निषेधाज्ञा अवधिमा धरान प्रवेश गर्ने ५ नाकामा उच्च सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए । 

प्रदर्शनका लागि झापा, मोरङ, सुनसरी, सिराहा लगायतका विभिन्न जिल्लाहरुबाट ठूलो संख्यामा प्रदर्शनकारीहरु धरानतर्फ लागेको जनाइएको छ ।

प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीले विभिन्न स्थानमा रोकिराखेकोले उनीहरुले हाल सोही स्थानमै प्रदर्शन गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ