arrow

शान्तिपूर्ण र्‍यालीमा उत्साहपूर्वक सहभागी, ठाउँठाउँमा रोकिए [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ९ शनिबार
hindu-dharma-2080-05-09a.jpg

विराटनगर । सुनसरीको धरानमा गौहत्याविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्न विभिन्न जिल्लाबाट जानेहरुलाई सुरक्षाकर्मीले ठाउँठाउँमा रोकेको छ । 

झापा, मोरङ, सुनसरी, सिराहा लगायतका विभिन्न जिल्लाहरुबाट ठूलो संख्यामा प्रदर्शनकारीहरु धरानतर्फ लागेको भए पनि विभिन्न ठाउँमा सुरक्षाकर्मीले रोकेको हो । 

धरानमा २४ घण्टे निषेधाज्ञा लगाएएका कारण इटहरीबाट निस्केको र्‍याली तरहराको पानीपियासम्म पुगेर धर्ना दिएको छ । त्यहाँभन्दा अगाडि बढ्न सुरक्षाकर्मीले दिएको छैन । 

हजारौँको संख्यामा सडकमा उत्रिएका हिन्दू धर्मावलम्बीहरुले र्यालीका क्रममा नेपालमा धर्म निरपेक्षता खारेजीको माग गर्दै पुनः हिन्दू राज्य हुनुपर्ने माग गरेका छन् । 

चौतर्फी बन्द भए पनि हजारौँको संख्यामा उत्साहपूर्वक हिन्दू्रधर्मीहरु र्यालीमा सहभागी भएका हुन् । 

त्यस्तै झापाको अर्जुनधाराबाट धरानका लागि हिडेको ॐकार समूहलाई पनि सुरक्षाकर्मील्े बिर्तामोडको चारपानेमा रोकेको छ । 

साम्प्रदायिक हिंसा भड्किने संभावना देखिएपछि सुनसरी जिल्ला प्रशासनले धरानमा जारी गरेको निषेधाज्ञाका कारण शुक्रबार मध्यरातदेखि शनिबार मध्यरातसम्म २४ घण्टा निषेधाज्ञा जारी गरेको छ । 

निषेधाज्ञा अवधिमा धरान प्रवेश गर्ने ५ नाकामा उच्च सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिएका छन् । 

योसँगै यी नाकामा ठूलो संख्यामा हिन्दूधर्मीहरु देखिएका छन् । (तस्बिर– रामकृष्ण उपाध्यायको फेसबुकवालबाट सौजन्य)

hindu-rally-2080-05-09a (1).jpg
hindu-rally-2080-05-09a (2).jpg
hindu-rally-2080-05-09a (3).jpg
hindu-rally-2080-05-09a (4).jpg
hindu-rally-2080-05-09a (5).jpg
hindu-rally-2080-05-09a (6).jpg
hindu-rally-2080-05-09a (7).jpg
hindu-rally-2080-05-09a (8).jpg
hindu-rally-2080-05-09a (9).jpg
hindu-rally-2080-05-09a (10).jpg
hindu-rally-2080-05-09a (11).jpg
hindu-rally-2080-05-09a (12).jpg
hindu-rally-2080-05-09a (13).jpg
hindu-rally-2080-05-09a (14).jpg
hindu-rally-2080-05-09a (15).jpg
hindu-rally-2080-05-09a (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ