arrow

गिरीको निधनमा शोक ब्यक्त गर्न नेपालगञ्ज पुगे शशांक कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ९ शनिबार
sashank-koirala-2080-05-09.jpg

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका क्रान्तिकारी नेता स्वर्गीय शिव गिरीकी आमा तथा लुम्बिनी प्रदेशका निवर्तमान सांसद शंकर गिरीकी सानी आमा रेवता गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । 

आज बिहान नेपालगञ्ज ६ फुल्टेक्रास्थित निवासमा पुगेर डा. कोइरालाले परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । कोइरालासँगै केन्द्रीय सदस्य एवम् पूर्व मन्त्रीद्वय दीपक गिरीले पनि आफ्नी सहोदर फुपूलाई श्रदाञ्जली व्यक्त गरेका थिए । 

त्यस्तै सांसद संजय गौतम, केन्द्रीय सदस्य उर्मिला थपलियालगायत नेताहरु निवासमै पुगेर समवेदना प्रकट गरेका हुन् । यस्तै आजै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि निवासमै पुगेर स्वर्गीय गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

मुलुकमा प्रजातन्त्र पुनःस्थापनाका लागि पंचायती शासन विरुद्ध संघर्ष गर्दागर्दै आजीवन कैदसहित सर्वश्वहरणको सजाय पाएका दाङ कचिलाका स्वर्गीय गिरी नेपाली कांग्रेस दाङका क्रान्तिकारी नेता हुन् । 

गिरीको गत साउन ३२ गते निवासमै निधन भएको थियो । गिरीको काजकिरिया भतिजा शंकरले गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ