arrow

आगामी महाधिवेशनमा म सभापतिको उम्मेदवार : डा शशाङ्क कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
shashanka-koirala.jpg.jpeg
फाइल तस्बिर

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन् । 

चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताए ।

आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उनले यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे । 

नेता कोइरालाले भने, “अब सभापतिको उम्मेदवार म हुँ, सोच्ने कुरै छैन, महाधिवेशन समयमा नै हुनुपर्छ”, उनले थपे, “सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।” 

नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ