arrow

शशांक कोइराला भन्छन् - कृषिबाट समृद्धि हासिल गर्न सकिन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
shashanka-koirala-kaski.jpg
फाइल तस्बिर

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने बताएका छन् । 

बीपी चिन्तन प्रतिष्ठान गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ‘नेपालमा कृषि क्रान्तिः सम्भावना र चुनौती’ विषयक विचार गोष्ठीमा नेता कोइरालाले भने, “सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।” 

युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको उल्लेख गर्दै उनले आफ्नो परिवारको मुख्य पेसा पनि कृषि नै भएको बताए । 

नेपालमा थुपै्र कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबााट आयात गरिने खाद्यान्न तथा तरकारीको परिमाण घटाउँदै जानुपर्ने नेता कोइरालाको भनाइ थियो ।

“कृषिमा आत्मनिर्भर हुन सके नेपालको अर्बाैँ रुपैयाँ नेपालमै रहन्छ”, उनले भने । 

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बिपी कोइरालाको विचारलाई आत्मसात गर्दै कृषि क्रान्ति ल्याउन सके नेपालीको भविष्य यसैमा हुने बताए । 

प्रजातन्त्रमा नेपाली जनता नै मालिक हुने भएकाले उनीहरु कै सेवामा दलका नेताहरु लाग्नुपर्ने उनको भनाइ थियो । 

कृषिलाई केन्द्रविन्दुमा राखेर सरकारले अनुदान र कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको सभापति शर्माले बताए । 

नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले ६८ प्रतिशत जनता कृषिमा आबद्ध भएको नेपालमा कृषिलाई वैज्ञानिकीकरण गर्दै मध्यम वर्गका युवालाई त्यसतर्फ आकर्षण गर्न जरुरी रहेको बताए ।  

नेकपा (माओवादी केन्द्र) का नेता हरिबहादुर चुमानले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन कृषिमा ठूलो क्रान्ति ल्याउनुपर्ने बताए । 

जमिन भएर पनि हामीले कृषि क्षेत्रमा विकास गर्न नसक्नु विडम्बना भएको उनको भनाइ थियो । “कृषि नीति बलियो भयो भने देशले कृषि क्षेत्रमा काचुली फेर्छ”, उनले भने । 

कार्यक्रममा बीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य ऋषि काफ्लेले पनि बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ