arrow

संसदीय दलको उपनेता चयन गर्न देउवालाई कोइरालाको सुझाव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
sasank.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । आइतबार संघीय संसद भवन परिसरमा पार्टीका पूर्व महामन्त्री समेत रहेका कोइरालाले दलको नेताको अनुपस्थितिमा कार्यभार सम्हाल्नुपर्ने भएकाले पनि सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाइ गर्न नहुने बताए । 

उनले सभापति देउवाले उपनेता किन चयन नगरेको भनी प्रश्न समेत गर्नुभयो । पार्टीका सिनियर नेताहरू मध्येबाट उनले संसदीय दलको उपनेता बनाउनुपर्ने महामन्त्री कोइरालाको भनाई थियो । उनले आफूलाई सो जिम्मेवारी दिए स्वीकार गर्ने पनि बताए । 

नेता कोइरालाले भने, ‘किन बनाउनुभएन । केही कारण होला उनको मनमा । तर उपनेता त उनले चयन गर्नुपर्ने हो । मलाई पनि लाग्छ– उपनेता बनाउनु पर्छ । उनको अनुपस्थितिमा उपनेताले बागडोर सम्हाल्छ नि । त्यसैले उपनेता चाहिँ हुनुपर्छ । तर किन त्यो भएको छैन, शेरबहादुर देउवाजीलाई नै सोध्नुपर्ला । त्यो किन बनाउन भएन भनेर उनलाई नै सोध्नुपर्छ ? मलाई यसको बारेमा थाहा भएन । बनाउनुपर्ने हो । किन बनाउनु भएन ? त्यो भन्न सक्दिन म । म त आकाङ्क्षी होइन । तर बनाउनु हुन्छ भने त अब मैले नाई भन्दिन । तर उनले उपयुक्त व्यक्तिलाई बनाउनु पर्छ । सिनियर मान्छेलाई बनाउनुपर्छ भन्ने लाग्छ ।’

नेता कोइरालाले सिनियर नेतालाई पार्टी संसदीय दलको उपनेता बनाउनुपर्ने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ