arrow

‘गदर २’ सुपरहिट भएपछि सनी देवलले बढाए पारिश्रमिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
sunny-2-1457523129.jpg.jpeg

काठमाडौं ।  बलिउड अभिनेता सनी देवलको फिल्म ‘गदर २’ सुपरहिट भएपछि उनले आफ्नो पारिश्रमिक बढाएको दाबी गरिएको छ ।

फिल्म समालोचक केआरकेले सनी देवलको बारेमा ट्वीट गर्दै  पारिश्रमिकको बारेमा खुलाएका हुन् ।  

केआरकेका अनुसार एक निर्माताले सनी देवललाई भेटे र फिल्म साइन गर्न भने,सनी देवलले उनीसँग ५० करोड पारिश्रमिक मागेका छन् ।  

तर, सनी देवलको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

त्यसो त केआरकेले प्रायः फिल्म स्टार र उनीहरूको फिल्मको बारेमा आफ्नो विचार व्यक्त गर्छन्। 

तर उनको विचारका लागि मानिसहरूले निकै ट्रोल गरेका छन् । 

हालसम्म फिल्म ‘गदर २’ ले करिब ४५० करोड कमाइसकेको छ ।

फिल्मले हलमा राम्रो प्रतिक्रिया पाइरहेको छ । 

फिल्म ‘गदर २’ ले बक्स अफिसमा धेरै रेकर्ड तोडेको छ । 

शनिबारसम्मा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ ।

सन् २००१ मा रिलिज भएको चलचित्र ‘गदर’ लाई जसरी दर्शकले मन पराएका थिए । 

त्यसैगरी चलचित्र ‘गदर २’ लाई पनि दर्शकले माया दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ