arrow

आचरण सुधार नगरेको भन्दै सीपीसीले दियो हजारौँलाई दण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
cpc-china.jpg

काठमाडौं ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र सरकारले निर्धारण गरेका आचरण सुधारका  आठबुँदे संहिता उल्लङ्घन गरेको आरोपमा  हजारौँलाई दण्ड दिइएको छ । अनुशासन कायम नगरेको अभियोगमा  गत महिना ११ हजार छ सय ७४ जनालाई सजाय गरिएको भ्रष्टाचार विरोधी निकायले सोमबार जनाएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय अनुशासन निरीक्षण आयोग र सुपरिवेक्षणको राष्ट्रिय आयोगले जारी गरेको विज्ञप्तिअनुसार सरकारी सेवाका आठ हजार एक सय ५७ अनियमितताका मामिलामा संलग्न आठ हजार ५३ जनालाई अनुशासनको कारवाही गरिएको हो ।  

कर्मचारीतन्त्रलाई कर्मचारीको हितका निम्ति मात्र अधिक उपयोग गरेका पाच हजार चार सय ५७ जना र आमोदप्रमोद एवं सुखसुविधामा आफूलाई केन्द्रित गरेका छ हजार दुई सय जनालाई सजाय दिइएको विज्ञप्तिमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ