arrow

असान्दर्भिक शुल्क वृद्धिविरुद्ध नेवीसंघ प्रदर्शनमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
nsu-2080-05-12 (13).jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवीसंघ) ले विरोध प्रदर्शन गरेको छ । 

मंगलबार आईओईका डिन शशिधरराम जोशीको कार्यकक्ष परिसरमा नेवीसंघले प्रदर्शन गरेको छ । उनीहरुले जोशीकोसमेत पुत्ला बनाएर विरोध जनाएका हुन् ।

जोशीको पुत्ला पुल्चोक क्याम्पसबाट बालुवाटारसम्म लैजाने तयारी भए पनि क्याम्पसबाहिर निस्कना साथ प्रहरीले प्रदर्शनकारीको हातबाट पुत्ला खोसेको थियो । 

त्यसपछि विद्यार्थीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरे । आईओईले गरेको शुल्कवृद्धिको विरोधमा विद्यार्थीहरुले गत सातादेखि आन्दोलन गरिरहेका छन् । 

सो क्रममा आठ दिनदेखि आमरण अनशनमा बसेका सुलभ चापागाईंको स्वास्थ्य कमजोर बन्दै गएपछि गएराति वीर अस्पतालमा भर्ना गरिएको छ । 

nsu-2080-05-12 (1).jpg
nsu-2080-05-12 (2).jpg
nsu-2080-05-12 (3).jpg
nsu-2080-05-12 (4).jpg
nsu-2080-05-12 (5).jpg
nsu-2080-05-12 (6).jpg
nsu-2080-05-12 (7).jpg
nsu-2080-05-12 (8).jpg
nsu-2080-05-12 (9).jpg
nsu-2080-05-12 (10).jpg
nsu-2080-05-12 (11).jpg
nsu-2080-05-12 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ