arrow

प्रभु साहलाई प्रदीप यादवको सुझाव- सिसाको घर हुनेले अरुमाथि ढुंगा नहाने हुन्छ [भिडियो]

गौर हत्याकाण्डको बेला इन्चार्ज प्रभु साह नै रहेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
prabhu-pradip.jpg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सिसाको घरमा बसेर अरूमाथि ढुङ्गा नहान्न चेतावनी दिएका छन् । 

 मङ्गलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गदै उनले प्रभु साहले आफू सिसाको घरमा बसेर अरूमाथि ढुङ्गा हानेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन् । 

उनले भने  ‘जसको घर सिसाको हुन्छ । अरूमाथि ढुङ्गा चलाउन कोसिस नगरे हुन्छ । प्रभु साह आफैँको धेरै मुद्दाहरू छन् । 

उनले गौर हत्याकाण्ड प्रभु साहकै उक्साहटमा भएको पनि बताए । त्यस्तै वीर गन्जको कासि तिवारीको हत्या मुद्दा पनि प्रभु साहमाथि रहेको भन्दै उनले सो मुद्दाको पनि प्रक्रिया अगाडी बढ्नुपर्ने बताए ।

उनले थपे,' वीरगन्जमा कासि तिवारीको जुन हत्या भएको थियो उनमाथि त्यो मुद्दा अहिले पनि विचाराधीन छ । अदालतमा छ । सुरक्षित छ । राज्यले त्यो पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ । गौर हत्याकाण्डका बेलाको इन्चार्ज प्रभु साह नै हुनुहुन्थ्यो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ