arrow

आईओईले बढाएको शुल्क विरुद्धको अनसनमा सांसद चौधरीको ऐक्यबद्धता, शुल्क घटाउन संसदबाट माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
chanda-chaudhary-2080-05-12.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि विरुद्धको अनसनमा ऐक्यवद्धता जनाएकी छिन् । 

आईओईले गरेको चर्को शुल्क वृद्धिविरुद्ध अनसनरत नेपाल विद्यार्थी संघका इकाइ सभापति सुलभ चापागाईंलाई भेटेर अनसनप्रति एक्यवद्धता जनाएकी हुन् । 

विगत ९ दिनदेखि अनसनरत चापागाईंलाई वीर अस्पतालमा भेट्न पुगेकी चौधरीले यो चर्को शुल्क वृद्धिले धेरै गरिब जनताका सन्तानको गुणस्तीय शिक्षा पाउने अधिकार हनन हुने भन्दै आन्दोलनमा ऐक्यबद्धता जनाएकी हुन् । 

चापागाईको स्वास्थ्य बिग्रदै गएसँगै सांसद चौधरीले उनलाई स्वास्थ्यको विचार गर्न अनुरोध गरेकी छिन् । चौधरीले यो चर्को शुल्क वृद्धिले निम्न आय आर्जन भएका जनतालाई आफ्नो छोराछोरी राज्यले नै राम्रो विषय नपढा भनेर भनेको जस्तो भान भइरहेकोले आफूले संसदबाट पनि सरकारलाई अनुरोध गरेको र चापागाईंले उठाएको मुद्दा एकदम जायज भएको बताउँदै माग पूरा हुने विश्वास व्यक्त गरिन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले छिमेकी मुलुक भारतले सय महिलासहित हजार बढी इन्जिनियरको मद्दतले चन्द्रमामा आफ्नो यान पठाइरहँदा नेपाल सरकारले भने इन्जिनियरिङ जस्तो समाजको आधारभूत विषयमा हुने पढाइको शुल्क बढाएर गरिब जनताका छोराछोरीलाई पढ्नबाटै बन्चित गर्न लागेको बताएकी थिइन् । 

बैठकमा उनले एकैचोटी दोब्बर बढीले भएको शुल्क वृद्धिले निम्न तथा मध्यम आय भएका अभिभावक, निजामती कर्मचारी, किसान जस्ता समाजका सम्भ्रान्त बाहेक सबै जनताका सन्तानले इन्जिनियरिङ जस्तो अत्यन्त आवश्यक विषयमा अध्ययन गर्नबाट बन्चित हुने भएकोले भएको शुल्क वृद्धिलाई तत्काल फिर्ता लिन सम्बन्धित सरोकारवालाहरुसँग आग्रह गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ