arrow

साठी हजार मेट्रिक टन आलु उत्पादन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
potato-nepali.jpg
तस्बिर – फाइल ।

बलेवा । बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ ।

केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए ।

उनका अनुसार पछिल्लो समय निर्वाहका लागि आलु उत्पादन गर्ने यहाँका किसानले व्यावसायिकरुपमा आलु खेतीमा छन् ।

गत आर्थिक वर्षमा आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी उत्पादन वृद्धिमा सहयोग गरेको ज्ञान केन्द्रले चालु वर्षमा रु तीन करोड ६० लाख बजेट बिनियोजन गरेको छ ।

ज्ञान केन्द्रको लागि बिनियोजित कुल  बजेटको झन्डै आधा बजेट आलु प्रबर्द्धनका लागि छ ।

चालु आर्थिक वर्षमा ज्ञान केन्द्रको लागि रु आठ करोड ६ लाख ४८ हजार विनियोजन गरेको छ । 

यहाँ कृषि ज्ञान केन्द्रबाहेक स्थानीय सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि आलुखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

आलु प्रबर्द्धन कार्यक्रमअन्र्तगत किसानलाई आलुको बीऊ, कृषि औजारदेखि बजारीकरणमा सहयोग पुर्याइने कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले बताए ।

“कृषकलाई आलुको बिऊ उपलब्ध गराउँछौँ, सिँचाइका सामग्री र उपकरण पनि सहयोग गर्छौँ”, पुनले भने, “उत्पादित आलुको बजारीकरणमा पनि सहयोग पुर्याउँछौँ ।”

गत वर्ष बागलुङमा तीन हजार छ सय ५५ हेक्टर जमिनमा आलु खेती गरिएको थियो ।

किसानले उत्पादित आलुमध्ये ३० प्रतिशत खानका लागि र ७० प्रतिशत आलु बिक्री गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ