arrow

एमाले सचिवालय बैठक आजदेखि सिरहामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
CPN-UML-Flag.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आजबाट सुरु हुँदैछ । धनगढी नगरपालिका–१४ सिरहास्थित चौथौ महाधिवेशन स्थलमा सचिवालय बैठक बस्न लागेको हो । 

गत भदौ ९ गतेदेखि सुरु हुने भनिए पनि खराव मौसमका कारण स्थगित भएको सचिवालय बैठक आजबाट सुरु हुन लागेको हो । ‘भौगलिक विकटता र मौसमका कारण गत ९ गते हुने भनिएको बैठक सम्भवः नभए पनि १३ गतेबाट सचिवालय बैठक सुरु हुनेछ,’ एमालेका उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले भने । 

उनका अनुसार बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशासन विभागका प्रमुखहरु पनि सो बैठकमा सहभागी हुन पुग्दैछन् ।

एमालेले सो स्थानलाई ‘कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल’ मानेकाले सिरहालाई बैठक स्थल चयन गरिएको भट्टराईले जानकारी दिए ।

 ‘तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन भएको स्थलमा मात्रै होइन, यही स्थलमा भएको महाधिवेसनवाट जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन हुनु भएको थियो,’ भट्टराईले भने, ‘सोही महाधिवेशनले जनताको बहुदलीय जनवादको दिशामा पार्टीलाई लैजाने निर्णय गर्नुका साथै पञ्चायतबिरुद्ध वाममोर्चा निमार्ण गरेर कांग्रेससहित जनआन्दोलन गर्ने नीति पनि यहीवाट पारित गरेकाले यस स्थलको ऐतिहासिक महत्व रहेको छ ।’

 उनका अनुसार उक्त महाधिवेशनमा ९५ जना प्रतिनिधि सहभागी थिए भने महासचिवमा भण्डारीलाई चयन गर्दै २० सदस्यीय केन्द्रिय कमिटी निर्माण गरेको थियो ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ