arrow

सिरहामा विशेष स्तम्भ बनाउन एमालेले किन्यो १८ कट्ठा जमीन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
yogesh-bhattarai-2080-05-13.jpg

सिरहा । कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औँ वर्षगाँठको उपलक्ष्यमा नेकपा एमालेले सिरहामा ‘विशेष स्तम्भ’ बनाउने भएको छ ।

आजदेखि सिरहामा सुरु हुन गइरहेको केन्द्रीय सचिवालयको बैठक स्थलमा एमालेले ‘विशेष स्तम्भ’ बनाउन लागेको हो । 

धनगढी नगरपालिका–१४ सिरहामा तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन भएको तथा जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन गरेको सम्झनामा एमालेले विशेष स्तम्भ बनाउने निर्णय गर्न लागेको मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए । 

सिराहाको विष्णुपुर कट्टी सर्रे अम्बासमा निर्माण हुने स्तम्भको पार्टी अध्यक्ष केपी शर्मा ओलीले  शिलन्यास गर्नेछन् । 

‘यो स्थलमा पार्टीको चौथो महाधिवेशन भएको थियो, यही भएको महाधिवेशनले जननेता मदन भण्डारीलाई महासचिव चयन गरेको थियो,’ उनले भने, ‘यति मात्रै होइन, विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगमा विकसित गर्ने जनताको बहुदलीय जनवादको नीतिमा पार्टी जाने निर्णय पनि यही स्थलबाट भएको थियो, त्यसैले यहाँ विशेष स्तम्भ निमार्ण गर्न लागेका हौँ ।’ 

उनका अनुसार कम्युनिष्ट पार्टीलाई बहुदलीय प्रतिस्पर्धामा लैजाने मात्रै होइन, बाम मोर्चा निमार्ण गरेर नेपाली कांग्रेसलगायत दलसँग गठबन्धन गरेर पञ्चायतविरुद्ध जनआन्दोलन गर्नुपर्ने निर्णय पनि सोही स्थलवाट भएकाले विशेष रुपमा पार्टीले लिएको हो ।
 
‘त्यसैले यहाँ पार्टीले १८ कठा जमिन किनेको छ, यहाँको बिद्यालयको नाम मदन भण्डारी मावी नामाकरण गरिएको छ,’ भट्टराईले भने, ‘भौगलिक विकटता भएकाले अब यहाँ पुल निर्माणदेखि बाटो बनाउने काम पनि अब चाँडै सुरु हुनेछ ।’

२०४६ साल भदौँ ९–१४ गतेसम्म चलेको चौथौ महाधिवेशनमा ९५ जना प्रतिनिधि उपस्थित थिए भने सो महाधिवेसनले २० सदस्यीय केन्द्रिय कमिटी गठन गरेर जबज र जनआन्दोलनको निर्णय लिएर महाधिवेशन सम्पन्न गरेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ