arrow

केपी ओली भन्छन् – एमसीसी कार्यान्वयन हुन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
kp-sharma-oli-2080-.JPG
तस्बिर – फाइल ।

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन हुने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले संसदबाट पारित भइसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताएका हुन् ।

संसदबाट पारित गर्नु उपयुक्त हो होइन भनेर त्यसबेला सोच्नुपर्ने भन्दै उनले तर अब सदनबाट पारित भइसकेकाले एमसीसी कार्यान्वयनमा दुविधा नरहेको बताए ।  

उनले एमसीसी पास गर्ने बेला गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई झुटको खेस्राको संज्ञा दिए । 

एमसीसी आजदेखि निर्माणको चरणमा गएको छ । आजको पाँच वर्षभित्र यो परियोजना सक्नुपर्ने हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ