arrow
ADVERTISEMENT

नेपालीहरूको मानसिकता परिवर्तन गर्न आवश्यक: मन्त्री महत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
mahat-prakashsaran.jpg

काठमाडौं ।  अर्थमन्त्री डा.प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।  बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । 

अर्थमन्त्री महतले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरूको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले नेपालमा नै धेरै अवसरहरू भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको विदेशमा अध्ययनका लागि जानु नहुने बताए । 

उनले नेपालबाट जाने विद्यार्थीहरू राम्रो विश्वविद्यालयहरूमा नगएको भन्दै उनीहरूले अध्ययन पूरा गर्न नसक्ने राम्रो अवसर समेत पाउन नसकेको बताए । उनले नेपालमा इन्जिनियरिङ पढ्नेहरू अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरूमा छात्रवृत्ति पास गरेर जान सक्ने क्षमता भए पनि  कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर जाने गरेको बताए ।

 अर्थमन्त्री महतले नेपालमा टेक्नोलोजी क्षेत्रमा ठूलो अवसर रहेको बताए । उनले पछिल्लो समय ठूलो सङ्ख्यामा युवाहरु आइटीमा लागे पनि करको दायरामा भने नआएको बताए । उनले नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सफ्ट्वयेरहरु निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको उल्लेख गरे । 

उनले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरे । उनले आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ