arrow

आधुनिकताको नाममा राम्रा कुराहरू हामीले बिर्सिएका छौँ : राजेश हमाल [भिडियो]

१० लाख बढी नगदको कृषि प्रतियोगिता हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
rajesh-hamal.jpg

काठमाडौं ।  महानायक राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढे मात्रै देश विकास सम्भव रहेको बताएका छन् । बिहीबार काठमाडौं आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने.' सयौँ वर्षसम्म एउटै जनजीवन थियो तर यो ३० वर्षमा धेरै परिवर्तन भयो, आधुनिकताको नाममा राम्रा कुराहरू बिर्सिएका छौँ । जगैदेखि उखालेर फालेका छौँ ।’

उनले नेपाललाई विकास गर्नु छ भने सम्पन्न बनाउनु छ भने एग्रिकल्चरलाई नै प्राथमिकतामा राख्नुपर्ने बताए । उनले कृषिबाट मात्रै देशलाई विकासतर्फ लैजान सकिने बताए । नेपालको क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो भनेकै कृषि क्षेत्र भएकाले अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न नसक्ने बताए । नेपालले विश्वमा आफ्नो स्थान बनाउनु छ भने कृषिलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । आधुनिकताको नाममा पुराना संस्कृतिलाई मास्ने काम भइरहेको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ