arrow

मोर्चाको अभियानले हिजोको सामन्ती राज्यका अवशेषलाई समाप्त पार्छ : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
prachnda.jpg

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा को अभियानले हिजोको सामन्ती राज्यका अवशेषलाई समाप्त पार्ने बताएका छन् । समाजवादी मोर्चा नेपालद्वारा बिहीबार आयोजित ‘सन्देश सभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मोर्चाको अभियानले हिजोको सामन्ती राज्यका अवशेषलाई समाप्त पार्ने बताएका हुन् । 

समाजवादी मोर्चा बनाउँदा अरुभन्दा आफू बढी खुसी भएको प्रतिक्रिया दिए । सोही क्रममा उनले विप्लवको सुरक्षा घेरामा आफूले जनयुद्ध अगाडि बढाएको उल्लेख गर्दैै परिवर्तनको पक्षमा अग्रसर भई राम्रा काम गर्दा हटाउँछु भन्नेलाई हटाएर देखाउन चुनौती दिए ।

प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारविरुद्धमा अग्रसर हुँदा कांग्रेस, एमालेलाई लक्षित गरेको भन्ने कुरा मिथ्या भएको प्रतिक्रिया दिँदै उनले माओवादी र आफू नै त्यस्तो विषय आए पनि छोड्न नहुनेमा जोड दिए । उनले सरकारले राम्रो काम गरेको प्रतिक्रियावादी र दलालहरूलाई सह्य नभएको समेत जिकिर गरे। 

क्रान्तिकारीहरूलाई चनाखो बन्न र अझ ठूलो मोर्चा बनाएर एकताबद्ध ढङ्गले अगाडि बढ्न आग्रह गर्दै प्रधानमन्त्री दाहालले मुलुक र नेपाली जनतालाई केन्द्रविन्दुमा राखेर कम्युनिष्टहरूले आन्दोलनलाई गन्तव्यमा पुर्याउनुपर्नेमा जोड दिए । कम्युनिष्टहरूको नेपालको परिवर्तनमा ऐतिहासिक भूमिका भएको बताउँदै उनले समाजवादी मोर्चा जनताको तागत बनेर आउने जिकिर गरे। 

सम्बोधनका क्रममा उनले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध लडाइँ सुरु भएको र अब यो नरोकिने प्रतिबद्धता व्यक्त गरे। “सरकारले थालेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अझ पेचिलो गरी अगाडि बढ्छ”, उनले भने, “यसमा नेपालका राजनीतिक दललगायत सबै सरोकारवालाले सहयोग गर्नुपर्छ ।” उनले जनताको सुख, मुलुकको समृद्धि, आन्दोलनको उपलब्धि, रक्षा र क्रान्तिका लागि मोर्चा अपरिहार्य आवश्यकता भएको प्रतिक्रिया दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ