arrow

डिस्चार्ज भए पारस शाह

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १६ शनिबार
paras-shah.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुसम्बन्धी समस्याका कारण मन्डिखाटार, काठमाडौँस्थित ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज भएका हुन् । 

 मुटु अचानक दुखेपछि शुक्रबार साँझ उनलाई अस्पतालमा भर्ना गरिएको थियो । पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरुको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । 

मुटु सबन्धी समस्या परेका पूर्व युवराज शाहको स्वास्थ्य स्थितिका बारेमा थप विवरण सार्वजनिक गरिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ