arrow

आमरण अनसन बस्ने अर्जुननरसिंह केसीको चेतावनी, समाधान गर्ने प्रचण्डको आश्वासन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १६ शनिबार
prachanda-arjunnarasingh-kc-nuwakot.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटका समस्या समाधान गर्ने आश्वासन दिएका छन् । शनिबार नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरुको कुराकानीमा प्रचण्डले विभिन्न समस्याको समाधान गर्ने आश्वासन दिएका हुन् । 

सांसदहरुले गराएको ध्यानाकर्षणमा प्रचण्ड सकारात्मक देखिएका हुन् । नुवाकोट विकासको मेरुदण्डको रुपमा लिइएको पासाङ ल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले पिपलटार सडक खण्ड मध्यको पहिलो चरणमा तीनपिप्ले – रानीपौवाको लागि मात्र बजेट निकासा भएको हुँदा यही वर्ष नै आन्तरिक स्रोत जुटाएर सो बाटोलाई पिपलटारसम्म बाटो कालोपत्र गर्न गराउन माग गरेका थिए । 

जवाफमा प्रचण्डले उक्त राजमार्गको विषयमा आफू जानकार रहेको र उक्त बाटोलाई आन्तरिक स्रोत जुटाएर भए पनि यो वर्ष नै सम्पन्न गरिने विश्वास व्यक्त गरेका थिए । 

साथै बन्चरेडाँडा ल्याण्डफिल्ल साइटले पारेको समस्या र त्यस भेगका नागरिकले भोग्नुपरेको समस्या र सरकारले पटक पटक यहाँका नागरिकसँग गरिएको सम्झौतामाथि भएको बेवास्ताप्रति ध्यानाकर्षण गराउने क्रममा प्रधानमन्त्रीबाट तत्काल उक्त समस्याको बारेमा सम्बन्धित निकायसँग छलफल गरेर दीर्घकालीन समस्या समाधानको उपाय खोजिने बताएको सांसद अर्जुननरसिंह केसीले बताए । 

केसीले यदि पासाङ ल्हामु राजमार्गका साथै बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको बारेमा सरकार गम्भीर नहुने हो भने आफू सांसद भवनभित्र आमरण अनसन बस्ने चेतावनी दिएका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले यस विषयमा त्यो परिस्थिति आउन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ