arrow

प्रधानमन्त्रीको भ्रमणको तयारीमा इटालीका विदेशमन्त्री चीन जाँदै

चीनसँग इटालीको असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
giorgia-meloni-italy.jpg

काठमाडौं ।  चीनसँगको विवादास्पद लगानी सम्झौताले इटालियाली अपेक्षालाई पूरा गर्न नसकेको रोमका उच्च कूटनीतिज्ञले बेइजिङ भ्रमणअघि शनिबार बताएका छन् । 

सन् २०१९ मा अत्यधिक ऋणग्रस्त अर्थतन्त्र इटालीले चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’मा सहभागी हुने औद्योगिक राष्ट्रहरूको जी-७ समूहबाट एक मात्र राष्ट्र बनेको थियो ।

बन्दरगाह, रेलमार्ग र विमानस्थलजस्ता पूर्वाधारमा ठूलो लगानी गर्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्त्वाकाङ्क्षी कार्यक्रमले एसिया, अफ्रिका र युरोपबीचको व्यापारिक सम्बन्ध सुधार गर्ने लक्ष्य राखेको छ ।

आलोचकहरूले यो योजना बेइजिङको प्रभाव बढाउने ट्रोजन घोडा भएको बताएका छन् ।

इटालीले यस वर्ष फिर्ता नलिएमा सम्झौता मार्च २०२४ मा स्वतः नवीकरण हुनेछ ।

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले एक आर्थिक मञ्चमा भने, “हामी चीनसँग नजिकबाट काम गर्न चाहन्छौं, तर हामीले निर्यातको पनि विश्लेषण गर्नुपर्छ : बेल्ट एन्ड रोड इनिसिएटिभले हामीले आशा गरेको परिणाम दिन सकेको छैन ।”

सन् २०२२ मा इटालीले चीनमा १६ अर्ब ५० करोड युरो (१७ अर्ब ८० करोड अमेरिकी डलर) बराबरको निर्यात गरेको छ भने फ्रान्स र जर्मनीको निर्यात क्रमशः २३ अर्ब र १०७ अर्ब युरो रहेको उनले बताए । 

ताजानीले आइतबारदेखि मङ्गलवारसम्म बेइजिङको भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूसँग भेटघाट गर्नुका साथै प्रधानमन्त्री जियोर्जिया मेलोनीको योजनाबद्ध भ्रमणको तयारी गर्नेछन् ।

इटालियन ट्रेजरीका पूर्व प्रमुख अर्थशास्त्री लोरेन्जो कोडोग्नोले भनेका छन् , “सम्भवतः चिनियाँ अधिकारीहरूसँग सैद्धान्तिक सहमति भइसकेको छ ।”

मेलोनीले चीनको नेतृत्वप्रतिको सम्मानको सङ्केतका रूपमा अक्टोबरको मध्यसम्ममा बेइजिङको राजकीय भ्रमणका क्रममा औपचारिक घोषणा गर्नेछिन् तर अन्तिम निर्णय इटालियन संसद्ले गर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ