arrow

प्रदीप पौडेलको दाबीः नेतृत्व क्रियाशील सदस्यबाट चयन गरौँ गुटबन्दी आफैँ सकिन्छ

logo
सन्जय भट्टराई,
प्रकाशित २०८० भदौ १७ आइतबार
pradip-poudel-2080-05-17.jpg

कावासोती । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी  नेतृत्व क्रियाशील सदस्यले चयन गर्न सक्ने व्यवस्था गर्ने हो भने ठूलो समस्याको रुपमा रहेको गुटबन्दी आफैँ हटेर जाने बताएका छ्न ।

आइतबार नवलपुरको कावासोतीमा पार्टीको नगर सम्मेलनमा सहभागी हुन आएका केन्द्रीय सदस्य पौडेलले महाधिवेशन प्रतिनिधिले केन्द्रीय सभापति चयन गर्ने व्यवस्था कायम हुँदासम्म नेपाली कांग्रेस भित्रको गुटबन्दी कहिले पनि नसकिने बताएका हुन् ।  

‘हामी नेपाली कांग्रेसमा जति क्रियाशिल सदस्य छौ ती सबै सदस्यले केन्द्रीय सभापति चुन्न पायौँ भने नेपाली कांग्रेसको गुट आफैँ भत्किन्छ, आफैँ सकिन्छ', पौडेलले भने । महाधिवेशन प्रतिनिधिका नाममा गुटबन्दीको ठेक्का पट्टा पार्टीमा मौलाउँदै गएको उनको भनाइ थियो ।

 कांग्रेसको अधोगतिको प्रमुख कारण गुटबन्दी भएको बताउदै केन्द्रीय सदस्य पौडेलले कांग्रेसको वर्तमान विधानले गुटलाई मलजल गरेको दाबी गरे । 

पार्टीको विधानलाई संशोधन गरेर केन्द्रीय सभापतिदेखि सम्पूर्ण पदहरु क्रियाशील सदस्यले प्रत्यक्ष चयन गर्न सक्ने व्यवस्था गर्न सके गुटबन्दी हराउने घात अन्तरघातको समस्या नरहने उनको भनाइ थियो ।

यस्तै केन्द्रीय सदस्य पौडेल जनप्रतिनिधिमा पार्टीका तर्फबाट उम्मेदवार बन्न अब पार्टीभित्रै प्राइमरी इलेक्सनलाई अगाडि बढाउनु पर्ने कुरामा समेत जोड दिएका छ्न । प्राइमरी इलेक्सन गरेर जनप्रतिनिधिको उम्मेदवार छान्न सके घात अन्तरघातको समस्या नआउने उनको दाबी थियो ।

नेतृत्व चयनका विधि र प्रक्रिया तथा प्राईमरी ईलेक्सनको व्यवस्था गर्नका लागि देशै भरका गाउँ तथा नगर सम्मेलनले निर्णय गरेर केन्द्रीय नेतृत्वलाई झकझक्याउनु पर्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ