arrow

धौलीगङ्गाको बाँध खोलिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
dhauli-ganga.JPG

काठमाडौं । अहिले ८ बजेदेखि धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध  खोलिँदै छ ।  भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको परियोजनाको बाँध आज सोमबार बिहान ८ बजेदेखि मङ्गलबार बेलुकी ८ बजेसम्म खोलिने एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावर स्टेसनले जनाएको छ । 

 जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध  खोलेका बेला र त्यसपश्चात् केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 

 एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँध खोलिन लागिएको हो ।

बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात् महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ । 

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाई राख्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । 

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गरिन्छ । यो वर्ष यसअघि साउन ३२, साउन ६ र असार २६ गते बाँधको ढोका खोलिएको थियो । परियोजनाको बाँध खोल्नु पूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ