arrow

तीन वटा साना जहाज किनिँदै

ल्यारक्याललाई विवादित बनाइएको मन्त्रीको तर्क

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
nepal-airlines-dang.jpg
फाइल तस्बिर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले तीन वटा साना जहाज खरिद गर्न लागिएको बताएका छन् । उनले जनताप्रति उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रमा सहज रूपमा आवतजावत गर्न हवाई उडान सञ्चालनका लागि एयरलाइन्सले आफ्नै लगानीमा तीन वटा साना जहाज खरिद गर्न लागेको बताएका हुन् ।

आइतबार मोरङ पुगेका मन्त्री किरातीले भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारी मोडलमा मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा छिट्टै प्रस्ताव लग्ने जानकारी दिए । 

मन्त्री किरातीले ल्यारक्याल लामा विवादित नभएर विवाद बनाइएको तर्क गर्दै उन नेपालको कुनै पनि संवैधानिक निकायमा दोषी नठहरिएकाले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गर्नाका साथै यो जायज भएको बताए । उनले प्रकृति र संस्कृति नेपालको सुन भएको चर्चा गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा यसलाई ब्रान्डिङ गरी प्रस्तुत गर्न सकेमा लाखौँ पर्यटकको आगमन हुने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ