- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले नेपाल विश्वमान चित्रमा द्वन्द्वपीडित राष्ट्रमा चित्रित भएको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा नेपाल द्वन्द्व पीडित देशमा वर्गीकृत हुनुपरेको उनले बताएका छन् ।
उनले विश्वमान चित्रमा नेपाललाई द्वन्द्व पीडित देशबाट शान्त्मिय देशमा बदल्नुपर्ने बताए । उनले पीडितलाई न्यायको प्रतीक्षा गराउनु नहुने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन राष्ट्रिय प्रयास आवश्यक रहेको बताए । जतिसुकै जनआन्दोलन भए पनि अन्याय दबाएर दिगो विकास र शान्ति स्थापना हुन नसक्ने बताए ।