arrow

एमालेले भन्यो- सरकारले चुच्चे नक्शा राख्न चीनलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
bartaula-mahesh.jpg

काठमाडौं ।  सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्शा (चुच्चे नक्शा) लाई मान्यता दिन कूटनीतिक नोट पठाउनुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बताएको छ ।  एमालेका सचेतक महेश बर्ताैलाले चीनले आफ्नो नयाँ नक्शा जारी गर्दा नेपालको पुरानै नक्शा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सो बारे कूटनीतिक नोट तत्काल पठाउनुपर्ने बताएका हुन् । 

सोमवार सङ्घीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले चीन सरकारलाई सो नक्शा सच्याउन नेपाल सरकारले अविलम्ब पहल गर्नुपर्ने बताए । चीनले नेपालको नक्शा पनि समेट्दा पुरानै नक्शालाई मान्यता दिनु दुःखद् भएको उल्लेख गर्दै सचेतक बर्तौलाले त्यसलाई कूटनीतिक माध्यमबाट सच्याउनका लागि नेपाल सरकार लाग्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ