arrow

आईपीओ भर्ने आज अन्तिम दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
ipo-final.jpg

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन हो । सिटिजनले भदौ १५ गतेदेखि सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आईपीओ बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कुल ९० लाख कित्ता शेयर जारी भएको छ । 

यसमा सोमबार नै मागभन्दा बढी आवेदन परेका कारण मंगलबार बिक्री बन्द हुन लागेको हो । सीडीएसका अनुसार सोमबार साँझ सम्ममा ११ लाख ७७ हजार ४८ जना सर्वसाधारण आवेदकले १ करोड २४ लाख ५० हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १।३८ गुणा बढी आवेदन हो । कुल ३ अर्ब ३ करोड ७८ लाख २९ हजार २८० रुपैयाँ बराबरको आवेदन परेको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् । यो आईपीओमा एनआईएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ