arrow

हङकङको पुरानो सैन्य किल्ला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
honkong-army-.jpg

काठमाडौं ।  हङकङको पुरानो सैन्य किल्लामा अवस्थित संग्रहालय हङकङको सैन्य क्षेत्रको इतिहास हो । 

हङकङको म्युजियम अफ कोस्टल डिफेन्सलाई १८८७ मा बनाइएको ल्यामुन फोर्टबाट ल्यामुन पासको हेडल्याण्डमा परिणत गरिएको थियो । 

संग्रहालय नजिकै घुमाउरो पहाड मार्गमा पिलबक्स र तोपका गोलाहरू छन् । द्वितीय विश्वयुद्धपछि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको थिएन । 

तर यसको ऐतिहासिक महत्त्व र अद्वितीय वास्तुकलाका विशेषतालाई मध्यनजर गर्दै हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले यसलाई संग्रहालय बनायो । र २००० मा सर्वसाधारणका लागि खुला गरेको थियो ।

व्यवस्थित बनाएपछि संग्रहालय २०२२ मा पुनः खोलिएको थियो । संग्रहालय सैन्य थिममा आधारित छ । यो संग्रहालयले आगन्तुकका लागि स्मरणीय बनाउने सरकारले विश्वास लिएको छ ।

हङकङ म्युजियम अफ कोस्टल डिफेन्सका सहायक क्युरेटर फ्रान्को येउङले हङकङको समुन्द्री रक्षा सेवा ताङ राजवंशमा फेला पार्न सकिने र यो संग्रहालय सोही बेलाका स्मरणमा बनाइएको बताए ।

हङकङ म्युजियम अफ कोस्टर डिफेन्स क्षेत्रको एक मात्र सैन्य संग्रहालय हो । 

लेउङका अनुसार यो २०२२ मा पुनः खोलिएदेखि संग्रहालयले हङकङमा जापानी आक्रमणको इतिहास, हङकङको युद्ध, हङकङ कोउलुन स्वतन्त्रता बिग्रेड अफ द इस्ट रिभर कोलमसँग जनचेतना फैलाउने सामग्री राखिएको छ ।

८ डिसेम्बर १९९४ मा जापानी सेनाले हङकङमा आक्रमण गरेको थियो । १८ दिनको युद्धपछि हङकङ ३ वर्ष ८ महिना जापानी अधीनमा रह्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ