arrow

सदन र सरकार मिलेर काम गरौँ : मन्त्री देवी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
Anita devi-minister.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सङ्घीय मामिला तथा  सामान्य प्रशासनमन्त्री अनिता देवीले संसदीय समितिले ऐन कानुन निर्माणमा संविधानको मर्म र भावनाअनुरुप सवै पक्ष र समुदायलाई समेट्न कोसिस गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले कानुन निर्माणका क्रममा विगतका भोगाइ र असल अभ्यासको अनुशरण गर्दै राज्य व्यवस्था सञ्चालनमा सुशासन कायम गर्न एकजुट भएर काम गर्न आवश्यक रहेको बताइन्।

समिति सभापति रामहरि खतिवडाले मुलुकमा भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्ने सन्दर्भमा संसदीय समितिका सदस्यले  दलभन्दा माथि उठेर उदाहरण प्रस्तुत गर्न आवश्यक रहेको बताए ।

उनले भने “जातजाति, समुदाय, धर्म र दलभन्दामाथि जनहित र राष्ट्रका लागि काम गरौँ, त्यसका लागि असल अभ्यास र उपयुक्त वातावरण बनाऔँ ।”

समितिका सदस्यहरूले मुलुकका केही भागमा देखिएका घटनाबाट नेपाली समाजमा सदियौँदेखि रही आएको सद्भावना बिथोल्न खोज्ने प्रयास भएकाले त्यसप्रति सजग रहन आग्रह गरे । 

उनीहरुले मुलुक भ्रष्टाचारको दलदलमा भासिने सासद र सांसद रमिते बन्ने परिस्थिति अन्त्य गर्न पहलकदमीको खाँचो औँल्याए ।

जनताले अनुभूति गर्ने गरी देश र जनताका पक्षमा संसद् र संसदीय समितिले काम गर्न जरुरी रहेको बताउँदै सदस्यहरूले सङ्घीय निजामती, प्रहरी र शिक्षासम्बन्धी विधेयकलाई छिटो निकास दिनु आवश्यक रहेको बताए ।

सुशासन र कानुनी राज्यको अनुभूति दिलाउनुपर्ने कयौँ निकायबाट हुने निर्णयले पूर्वाधार निर्माणलगायत विकास कार्यक्रममा बाधा उत्पन्न गराएको पक्षलाई ससदले कानुन निर्माणका क्रममा विशेष ध्यान पुर्याउन सदस्यले सुझाव दिए ।

बैठकमा सदस्यले समितिको प्रभावकारिता र सभापति खतिवडालाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ