arrow

'दलका नेता, मन्त्री, प्रधानमन्त्री अपराधमा संलग्न रहेछन् भने नछुटुन्'

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
barsaman-pun-news-bt.jpeg

काठमाडौँ। दोषी कोही नउम्किउन् र निर्दोष कोही नपरुन् भन्नेमा सरकार गम्भीर बन्नुपर्ने माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताएका छन् । उनले अनुसन्धानका सिलसिलामा माओवादीसहित सरकारका संलग्न दलका नेता कार्यकर्ता वा उनीहरूका निकट व्यक्ति संलग्न भए पनि उन्मुक्ति पाउन नहुने बताए ।

“बेथिति विरुद्ध प्रहार गर्ने क्रममा सत्तामा भएका वा नभएका दलका नेता, मन्त्री, प्रधानमन्त्री, उनका परिवारका सदस्य वा निकट व्यक्ति अपराधमा संलग्न रहेछन् भने नछुटुन्”, मङ्गलवार एक कार्यक्रममा उपमहासचिव पुनले भने, “सत्तापक्ष वा आफ्नै पार्टीभित्र, आफूसँग असहमत प्रमुख प्रतिपक्षसहित प्रतिपक्षतर्फ लक्षित गरी राज्य शक्तिको दुरुपयोग गर्ने काम भयो भने भ्रष्टाचार विरोधी अभियान सफल हुन सक्दैन । त्यसैले म भन्छु गल्ती गर्ने एक जना पनि नउम्कियोस्, निर्दोष कोही नफसोस् ।”

नेता पुनले कसैमाथि आरोप लाग्दैमा उसका वरिपरिका सबैमाथि अपराधी झैँ गरी सामाजिक चरित्रहत्या गर्ने प्रवृत्ति डरलाग्दो रूपमा बढेर गएकामा चिन्ता व्यक्त गरे । दलका नेता, कर्मचारी, चिकित्सक, इन्जिनियर, व्यवसायीमध्ये केहीले गल्ती गर्दैमा वा आरोप लाग्दैमा ती कर्ममा संलग्न सबै खराब हुन् भन्ने मनोविज्ञान समाजमा हाबी हुन खोजेकामा उनले आपत्ति प्रकट गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ