arrow

जी-२० को मूल नारामा चीन असन्तुष्ट

‘वसुधैव कुटुम्बकम्’ प्रति चीन असन्तुष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
india-flower-festival.jpg

काठमाडौं । जी-२० को मूल नाराप्रति चीनले असन्तुष्टि जनाएको छ । चीनले जी-२० को मूल नारा ‘वसुधैव कुटुम्बकम्’ को प्रयोगप्रति असन्तुष्टि जनाएको हो ।

भदौ २३ र २४ गते भारतको राजधानी नयाँदिल्लीमा शिखर सम्मेलन हुदैछ । 

भारतको मूल नारा ‘वसुधैव कुटुम्बकम्’ को थिम ‘एक पृथ्वी, एक परिवार र एक भविष्य’ रहेकाले उक्त सूक्तिले त्यो अर्थ नदिने चीनको बुझाइ छ । भारतले जी–२० को अध्यक्षता ग्रहण गरेदेखि नै लोगो तथा कार्यक्रममा ‘वसुधैव कुटुम्बकम्’  प्रयोग गर्दै आएको छ ।

यता चीनका राष्ट्रपति सी चिनफिङ सम्मेलनमा सहभागी नहुने बेइजिङले घोषणा गरेको छ । राष्ट्रपतिको सट्टा प्रधानमन्त्री ली छ्याङले शिखर बैठकमा भागलिने छन् । 

जी-२० मा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, (युरोपेली सङ्घका सदस्य फ्रान्स, जर्मनी र इटाली) भारत, इण्डोनेशिया, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्कीए, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ