arrow

शाहरुख ‘जवान’ हलमा, बहिष्कारको ट्रेन्ड शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
salman-saharuk.JPG

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ आजबाट हलमा रिलिज भएको छ । चलचित्र ‘जवान’ घोषणा भएदेखि नै चर्चामा छ । 

फिल्म रिलिज हुनुअघि शाहरुख खानलाई झटका लागेको छ । ट्वीटरमा फिल्म ‘जवान’ बहिष्कारको ट्रेन्ड शुरु भएको छ ।

ट्विटरमा मानिसहरूले उनलाई मन्दिर गएको भन्दै ट्रोल गरिरहेका छन् र फिल्म बहिष्कार गर्न माग गरिरहेका छन्। 

यसै क्रममा दिवङ्गत अभिनेता सुशान्त सिंह राजपूतका फ्यानहरूले फिल्मको नाम हेर्न आग्रह गरिरहेका छन् । 

फिल्मको अग्रिम बुकिङमा लाखौँ टिकट बिक्री भइसकेको छ । जसले फिल्मलाई लिएर फ्यानमा निकै क्रेज रहेको देखाउँछ ।

फिल्म ‘पठान’ अघि पनि बाइकटको ट्रेड चलिरहेको थियो तर फिल्मको कमाइमा कुनै असर परेको छैन । 

अब बाइकटले शाहरुख खानको फिल्म ‘जवान’मा कस्तो प्रभाव पार्छ त्यो हेर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ