- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।
शोक वक्तव्य जारी गर्दै कांग्रेसले रिजालको निधनप्रति दुःख व्यक्त गरेको हो ।
यस्तो छ शोक वक्तव्य
शोक वक्तव्य
नेपाली कांग्रेस काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ७ का क्षेत्रीय सभापति एवं काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज विहान ७ः३० बजे निधन भयो । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज विहान ११ः०० बजेदेखि १२ः०० बजेसम्म राष्ट्रिय सभागृहमा र विहान १२ः३० देखि १ः३० बजेसम्म पशुपति मन्दीर परिसरमा राखिनेछ । तत्पश्चात अपरान्ह २ः३० बजे दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
वि.सं. २०२७ कात्र्तिकमा जन्मनु भएका स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलमा उहाँ प्रहरीको हिरासतमा रहनु भएको थियो । स्वर्गीय रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ को क्षेत्रीय सभापति र कामनपा—१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित हुनु भएको थियो । सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गर्नु भएका स्वर्गीय रिजालले मानव अधिकारवादी संघ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आउनु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको छ ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको सत्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव