arrow

 विश्वविद्यालयमा तालबन्दी संस्कृति अन्त्य गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
parliament-2080-05-21b.jpg

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालबन्दीको क्रम जारी रहँदा प्राज्ञिक मर्यादा र स्वायत्ततामा खलल पुगेको टिप्पणी गरेका छन् । 
        
बैठकको शून्य समयमा नेकपा एमालेकी विद्या भट्टराईले विश्वविद्यालयमा तालाबन्दी संस्कृतिले आम विद्यार्थी निराश भएका हुँदा यसमा सरकार जिम्मेवार देखिन आग्रह गरिन् ।  

नेपाली कांग्रसका सांसद श्यामकुमार घिमिरेले कानूनी अन्योलका कारण देशका विभिन्न ७३ नर्सिङ कलेज बन्द भएको विषयमा गम्भीर हुन आग्रह गरे ।
        
सोही पार्टीका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको श्रीलङ्का टापुमा आएको बाढीका कारण प्रभावित भएका स्थानीयवासीलाई उचित राहत दिइ कोशी कटानको नियन्त्रणमा दिगो समाधानका उपाय खोज्न आग्रह गर्नुभयो ।

 जनमत पार्टीकी विनिताकुमारी सिंहले तराई–मधेसका विद्यालयमा पर्याप्त शिक्षक पूर्वाधार नहुँदा गुणस्तरीय शिक्षा हासिल हुन नसकेकामा ध्यानाकर्षण गराए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले राजनीतिक भागबण्डाका आधारमा गरिने नियुक्ति बन्द गर्न आग्रह गरे । सोही पार्टीका शिशिर खनालले नेपालका राजनीतिक नक्साबारे विदेशी मुलुकलाई कूटनीतिक माध्यमबाट जानकारी दिनुपर्छ भने । 

बैठकमा कांग्रेसकी सीताकुमारी राना, सुशीला श्रेष्ठ, सन्तोष चालिसे, सरस्वती बजिमय,  नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर, एमालेकी सरिता भुसाल र शान्ति चौधरीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ