arrow

चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
barun-chaudhary-gautam-adani.jpg

काठमाडौँ । नेपालको प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यवसायिक घराना अदानी ग्रुपबीच दुई देशबीचमा सिमेन्ट बिजनेशको अभिवृद्धिका लागि रणनीतिक साझेदारी गर्ने सहमति भएको छ । 

नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उदेश्यका साथ दुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले सिमेन्ट विजनेशमा नयाँ अध्याय शुरू गरेका हुन् । 

नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले गरिएको यस साझेदारीले चौधरी ग्रुपको यस क्षेत्रको उन्नति र प्रगतिप्रतिको अटल समर्पणलाई दर्शाउँछ । 

यस अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्त गर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उदेश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । 

‘यस रणनीतिक सहकार्यमार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ’ प्रवन्ध निर्देशक चौधरीले भने । 

नेपालमा भएको यस सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउँदै दुवै व्यापारिक समूहहरु सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेका छन् । 

साझा मूल्यमान्यता र आकांक्षा प्रतिबिम्बित गर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यका लागि प्रतिबद्ध रहँदै थप आर्थिक सम्बन्धहरुलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समूहले लिएका छन् ।

प्रबन्ध निर्देशक चौधरीले अदानी समूहसँग व्यवसायिक सहकार्य गर्ने अवसरको लागि धन्यवाद व्यक्त गरे । 

उनले अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफल बनाउन नेतृत्व दिइ भूमिका खेलेकामा र अटल समर्थनको लागि आभार व्यक्त गरे । 

हालैमात्र वरुण चौधरी माल्दिभ्समा रहँदा परेको गम्भीर दुर्घटनाको समयमा गौतम अदानीले गरेको सहयोगले उनको जीवनमा ठूलो महत्व राखेको कुरा पनि स्मरण गरेका छन् । 

अदानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनि दुवै पक्षको छ । 

दशकौँदेखि औद्योगिक र व्यापारिक विरासत बोकेको नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुप एफएमसीजी, हस्पिटालिटी, रियल स्टेट, फाइनान्स लगायतका क्षेत्रहरुमा बलियो उपस्थितिको साथ नेपालको आर्थिक वृद्धि र विकासमा समर्पित रहँदै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ