arrow

नेपालमा चाँडै लगानी शिखर सम्मेलन गर्ने अर्थमन्त्रीको घोषणा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
mahat-lagani-.jpg

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा घोषणा गरेका छन् । शुक्रवार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औँ वार्षिकोत्सवको अवसर पारेर उनले सो घोषणा गरेका हुन् । 

अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानी समेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको पनि जानकारी दिए । त्यस अवसरमा उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा सङ्केतहरू देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढवा पाउने विश्वास व्यक्त गरे । 

नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढ्ने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने समेत अर्थमन्त्री महतले बताए । उनले भारतमा १० हजार मेगावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ