arrow

साठी किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २३ शनिबार
gold-100kg-2080-04-04.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गत महिना बरामद गरिएको ६० किलो सुन प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । 

नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार यसरी थप पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्धय कमल परियार र वीरेन्द्र नेपाली रहेका छन् ।

सो ६० केजी सुन तस्करी पक्राउ प्रकरणमा उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको जनाइएको छ । 

योसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ