arrow

एमाले धादिङ्ग सम्पर्क मञ्चमा गोकर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
Gokarna Adhikari.jpg

पोखरा । नेकपा (एमाले) धादिङ्ग-पोखरा सम्पर्क मञ्चको अध्यक्षमा गोकर्ण अधिकारी निर्वाचित भएका छन् । 

मञ्चको शनिबार भएको छैटौं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । 

मञ्चको वरिष्ठ उपाध्यक्षमा रामकुमार घिमिरे, उपाध्यक्षमा यर्मीला तामाङ्ग र योगप्रसाद सापकोटा निर्वाचित भए ।

यस्तै, सचिवमा रामप्रसाद दुवाडी, सहसचिवमा कमल सापकोटा, विष्णुमाया श्रेष्ठ, आर्थिक विभाग प्रमुखमा मनोज विशुन्के छन् ।

मञ्चको कार्यसमिति सदस्यमा सीता ढकाल कोइराला, टिकाराम अधिकारी, शरण रिजाल, बेलबहादुर तामाङ्ग, रामप्रसाद नेपाल, नमराज लामिछाने, सावित्री बराइली, रमेश भट्ट, निरमाया तामाङ्ग, रामहरि सारु मगर रहेका छन् । 

नवराज दुवाडी संयोजक, वीरबहादुर थापा र कृष्णबहादुर लम्सालल सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ