arrow

उपप्रधानमन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
prachanda-purnabahadur-khadka-2080-05-20.jpg
फाइल तस्वीर

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । स्वास्थमा समस्या देखिएपछि खड्का भदौ १३ गते छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका हुन् । 

सोही दिन उक्त अस्पतालका कमान्डान्ट प्राविधिक सहायक रथी प्राडा भरतबहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीले खड्काको ‘प्रोस्टेट (बीपीएच)’ शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

शल्यक्रियापश्चात् स्वास्थ्य लाभका लागि अस्पतालमा रहेका उपप्रधान तथा रक्षामन्त्री खड्का आइतबार साढे ३ बजे अस्पतालबाट डिस्चार्ज भएको वीरेन्द्र अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ