arrow

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
Binod Shrestha-LCCI.jpg

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ विजयी भएका छन् ।

प्रतिद्वन्दी भरतकुमार अधिकारीलाई पराजित गर्दै उनी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् । 

संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । जसमा श्रेष्ठले ८८१ र अधिकारीले ७८७ मत प्राप्त गरेका थिए ।

संघको वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धी ऋषिराम जमरकट्टेललाई पराजित गर्दै राजेन्द्र ओझा विजयी भएका छन् । ओझाले ९७० मत प्राप्त गर्दा जमरकट्टेलले ६९० मत प्राप्त गरे । 

प्रथम उपाध्यक्षमा ८९६ मतका साथ उपेन्द्रराज सुवेदी (राजु) विजयी भएका छन् । उनका प्रतिस्पर्धी गोपीचन्द्र बाँस्तोलाले ७७४ मत प्राप्त गरेका थिए ।

यस्तै, द्वित्तीय उपाध्यक्षमा विक्रम कर्माचार्य विजयी भएका छन् । उनले प्रतिस्पर्धी मेनुका श्रेष्ठलाई ६ मतको झिनो अन्तरले पराजित गरेका हुन । कर्माचार्यले ८३७ र श्रेष्ठले ८३१ मत प्राप्त गरेका थिए । 

यसैगरी महासचिवमा जानुका अधिकारी पराजुली विजयी भएकी छन् । प्रतिस्पर्धी जीवन तिवारीलाई पराजित गरेकी हुन् । पराजुलीले ९२९ र तिवारीले ७०० मत प्राप्त गरेका थिए ।

यस्तै, उपमहासचिवमा भरतराज ओझा विजयी भएका छन् । उनले ९१२ र प्रतिस्पर्धी भीमबहादुर सार्की (काईंला) ले ७५२ मत प्राप्त गरेका थिए । 

संघको कोषाध्यक्षमा ध्रुव बाबु भट्टराई (आई.डि.) ले ८ सय ३७ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी पुष्पमणि भण्डारीले ८१७ मत प्राप्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ