arrow

शाहरुखले जवानले गर्‍यो तीन सय करोड पार, निर्देशकमाथि ठूलो आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
jawan.JPG

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ हलमा रिलिजपछि बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।

 फिल्म ‘जवान’ सेप्टेम्बर ७ मा हलमा रिलिज भएको थियो। ‘जवान’ ले आफ्नो ओपनिङ वीकेन्डमा भारतमा २८७ करोड भारतीय रुपैयाँ रुपैयाँ कमाएको थियो। 

विश्वव्यापी रूपमा पहिले नै ३०० करोडको अङ्क पार गरिसकेको छ। फिल्म ‘जवान’ निर्देशन गरेका एटली कुमारले आफ्नो करियरमा ‘मेर्सल’, ‘बिगिल’, ‘थेरी’ जस्ता फिल्म बनाएका छन् । 

अटली कुमारका यी फिल्मलाई निकै रुचाइएको छ । यसैबीच, अहिले उनको फिल्म ‘जवान’ले दर्शकको निकै माया पाइरहेको छ ।

अभिनेता शाहरुख खान फिल्म ‘जवान’को मुख्य भूमिकाबाट निर्माता निकै खुसी छन् । 

यसैबीच फिल्म ‘जवान’माथि ठूलो आरोप लागेको छ । सामाजिक सञ्जालमा मानिसहरूले अटली कुमारको ‘जावान’ तमिल फिल्म ‘थाई नाडू’ को नक्कल भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ