arrow

यी रेकर्ड तोड्दै सात सय करोड नजिक सनी देवलको 'गदर २' 

शाहरुख बने बाधक

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
gadar2.JPG

काठमाडौं । बलिउड अभिनेता सनी देवलको फिल्म ‘गदर २’ सात सय करोड नजिक पुगेको छ । 'गदर २' ले हालसम्म विश्वभर करिब ६७० करोड भारतीय रुपैयाँ कमाइसकेको छ।

‘गदर २’ ले ७ सय करोडको आँकडा छुनबाट ३० करोड मात्र टाढा छ । फिल्म ‘गदर २’ ले बक्स अफिसमा धेरै रेकर्ड तोडेको छ । ‘गदर २’ ले अहिलेसम्म विश्वभर कमाइको हिसाबले केजीएफ २, एसएस राजामौलीको बाहुबली २ र रजनीकान्तको ‘जेलर’को रेकर्ड तोडेको छ।

सन् २००१ मा रिलिज भएको चलचित्र ‘गदर’ लाई जसरी दर्शकले मन पराएका थिए । त्यसरी नै २२ वर्षपछि तारा र सकिनामाथि फ्यानले दोब्बर मायाको वर्षा गरिरहेका छन् । फिल्ममा सनी देवलका अलावा अमिषा पटेल र उत्कर्ष शर्मा पनि मुख्य भूमिकामा छन् ।

तर अब ‘गदर २’ ले ७ सय करोड पार गरेर अर्को कीर्तिमान बनाउन मुस्किल देखिन्छ । किनभने शाहरुखको फिल्म जवान हलमा लागेको छ । अब ३० करोड जोड्न सनीलाई गाह्रो हुने बताइन्छ । चलचित्र हलमा रिलिज भएको पनि एक महिना बितिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ