- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थिरता कायम गर्नका लागि राजनीतिक दलबीच सहकार्य र सहमति हुनुपर्नेमा जोड दिएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशमा राजनीतिक स्थिरता कायम गरी जनताका आवाज दलहरुले सुन्नुपर्नेमा जोड दिए ।
अध्यक्ष यादवले समाजवादी मोर्चा नेपाली कांग्रेसको सल्लाहमा निर्माण भएकाले यसले कांग्रेसलाई नै मद्दत गर्ने दाबी गरे ।
उनले मोर्चाले कांग्रेससँग सहकार्य गरी आगाडि बढ्ने र एकअर्काको सहयोगी भएकोसमेत बताए ।
लोकतन्त्र, आर्थिक विकास, समृद्धि, सङ्घीयता र गणतन्त्रलाई संस्थागत गरी अगाडि बढ्न मोर्चा र कांग्रेस एक हुन आवश्यक रहेको बताए ।