arrow

फुटबलमा तनावः एन्फा अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
karma-anfa-2080-05-25.jpeg

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता गरिएको छ । 

एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फाका ४५ सदस्यले अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन् । 

एन्फा अध्यक्ष नेम्वाङबाट फुटबल क्षेत्रको विकास हुन नसक्ने भन्दै बर्खास्तगीको लागि विशेष साधारण सभाको माग गरिएको छ । 

यसैबीच नेम्वाङले बोलाएको आजको एन्फा विशेष साधारण सभा बैठक (भुर्चअल) स्थगित भएको छ । 

नेम्वाङले एन्फा नेतृत्व सम्हालेको एक वर्षमै संस्थापन इतर पक्षले राजीनामा मागेको हो ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ