arrow

गठबन्धन पाँच वर्ष टिक्छ : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
Prachanda-biratnagar.jpg

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने बताएका छन् ।

आज विराटनगर आइपुगेका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीसहित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न सो मोर्चामा सहभागी नेताहरु पनि यहाँ आइपुगेका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्र्टी र नेकपा विप्लब समूह आबद्ध समाजवादी मोर्चाद्वारा आज विराटनगरमा सो सभाको आयोजना गरिएको छ ।

सो सभालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ ले सम्बोधन गर्ने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ