arrow

नेम्वाङको निधनप्रति पूर्व राष्ट्रपति भण्डारीबाट दुःख व्यक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
subash-nembang-illam.jpg

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएकी छिन् ।

नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गर्दै पूर्व राष्ट्रपति भण्डारीभावपुर्ण श्रदाञ्जली ब्यक्तसमेत गरेकी छिन् । 

नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको पूर्व राष्ट्रपति भण्डारीले  सामाजिक सञ्जालमा लेखेकी छिन् । ‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा एमालेका उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु’ उनले लेखेकी छिन्, ‘म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुःखद घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु, उहाँको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।’

नेम्वाङको गएराति हृदयाघातवाट निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ