arrow

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
Rastriya-Banijya-Bank.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैँकले २५ लाख इकाइ ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

बैंकले प्रतिइकाइ १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । कुल २५ लाखमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणलाई जारी हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।

 यस बैंकले ७ वर्ष अवधि भएको ‘१०.५ प्रतिशत आएबीबीएल डिबेन्चर २०८६’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.५ प्रतिशत  ब्याजदर तोकिएको छ ।

यो डिबेन्चरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ