arrow

राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गर्ने, सार्वजनिक बिदा दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
subash-nembang-illam.jpg

काठमाडौँ । सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिमा राजकीय सम्मान दिने निर्णय गरेको छ । 

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि हो । 

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो । उनको विदेशमा रहेका छोराहरू आइसकेपछि अन्त्येष्टि गर्ने तयारी रहेको छ । 

दुईमध्ये एक छोरा अष्ट्रेलियामा र अर्का छोरा बेलायतमा छन् । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ