arrow

मदनकृष्णको फेरि आँखाको शल्यक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
madankrishna-shrestha-operation-2080-05-26.jpg

काठमाडौँ । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको फेरि आँखाको शल्यक्रिया गरिएको छ । बहुप्रतिभाका धनी श्रेष्ठको सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा देब्रे आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो । 

डा. सन्दुक रुइत, डा. रीता गुरुङ्ग र डा. गोविन्द पौड्याल सहितको समूहले उनको शल्यक्रिया गरेको हो । 

मदनकृष्णको आँखामा प्रतिष्ठानमै उत्पादित इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखिएको छ । 

उनको तीन महिना अगाडि मात्रै दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ