arrow

एलजीको ‘शुभसाइत दशैँ तिहार घर भित्रिन्छन् नगद र उपहार’ शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
cg-dashian-tihar-2080.jpg

काठमाडौँ  । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एलजीले दशैँ र तिहारका लागि आफ्नो नयाँ वर्ष अभियान ‘शुभसाइत दशैँ तिहार घर भित्रिन्छन् नगद र उपहार’ सार्वजनिक गरेको छ । 

यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्रदान गर्ने एलजीले जनाएको छ । 

यस योजना अन्तर्गत एलजीको लागि नेपालको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरटेनमेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ । 

साथै ग्राहकहरूले एलजीका सबै उत्पादनहरूमा विशेष मूल्यमा बिना लागत ईएमआई प्राप्त गर्न सक्ने र एक्सचेन्ज अफरको मजा लिन पनि सक्ने सीजीले जनाएको छ । 

त्यसैगरी ग्राहकहरूले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटलमा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्ने चौधरी ग्रुपले जनाएको छ ।

नयाँ वर्षको अफरले एलजी स्प्लिट रेसिडेन्सियलर फ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन पनि प्रदान गर्ने सीजीले जनाएको छ ।

यो अभियान भदौ २५ गतेदेखि  नेपालभर सीमित अवधिको लागि लागू हुने पनि चौधरी ग्रुपले जनाएको छ ।

यस्तो छ सीजीले जनाएको योजना अन्तर्गत ग्राहकले पाउने सुविधा–
–    एलजी साइड बाई साइड र फ्रेन्च ढोर रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन–एयर फ्राइर ।
–    एलजी डबल डोर रेफ्रिजरेटरको खरिदमा मिक्सर ग्राइन्डर वा ग्यास चुलो ।
–    एलजी डबल डोर फ्रिज (जीएलके २९२ एसएलटीएल बाहेक) को खरिदमा फ्यान र कुलर र उपहार बक्स ।
–     सिंगल डोर फ्रिजमा क्यासब्याक,
–     माइक्रोवेभ ओभनको खरिदमा माइक्रोवेभ किट,
–    एलजी फ्रन्ट लोड वाशिङ मेसिन (१० किलो र माथि) को खरिदमा इन्डक्सन कुकर,
–     ९ किलोसम्मको एलजी वाशर र वाशर ड्रायरको खरिदमा डिटर्जेन्ट पाउडर,
–    टप लोड  ट्विन टबको खरिदमा ४ लिटर एरियल म्याटिक लिक्कइड
–     एलजी डिशवाशरको खरीदमा डिशवाशर किट
–    एलजी भ्याकुम क्लिनरको खरिदमा चपर
–    एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्राइर
साथै यस अवधिभित्र एलजीको टीभी. खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेण्टीसमेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ